वेराक्रूज (मेक्सिको) । उष्णकटिबन्धीय चक्रवात ( आँधी ) ग्रेस मेक्सिकोको खाडीबाट उच्च गतिमा अघि बढेको छ । शनिवार बिहानदेखि २०५ किमी प्रतिघण्टाको उच्च गतिको आँधी बस्तिहरुमा पसिरहेको छ ।

यसले समुन्द्रको तट क्षेत्रका सहरमा ठूलो असर पारेको छ । माछा पक्रिने उद्योगहरुमा डुवान ल्याएको छ । आँधीका कारण भारी बर्षा भइरहेको छ ।

केही स्थानमा बाढीले डुवान भइरहेको छ भने केही स्थानमा भू–स्खलन हुने अनुमान गरिएको छ । बेलायत लगायतका देशहरुमा दुई दिनभित्र आँधीले असर जमाएको छ ।

मेक्सिकोको मुख्य पर्यटकीय क्षेत्र हुँदै बिहीबार युकातान प्रायद्वीप पार गरी यसअघिको आँधी कमजोर भएको थियो ।

तर यो देशको मुख्य भूमि तिर लागेपछि फेरि तीव्र भयो। अमेरिकाको नेसनल हरिकेन सेन्टरले शनिबार बिहान टुक्पानको ५५ किलोमिटर दक्षिण पूर्वमा ग्रेसबाट २०५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको बताएको छ।

यो पश्चिममा १७ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ। पूर्वानुमान यो हो कि ग्रेस चाँडै कमजोर हुनेछ जब यो एक पर्वत श्रृंखलामा पुगेर ठोक्किनेछ ।

त्यसपछि मेक्सिको सहित धेरै देशहरुमा भारी वर्षा ल्याउनेछ। पूर्वानुमानकर्ताहरुका अनुसार यसको असर १५ देखि ३० सेन्टिमिटरसम्म पानी जम्नेगरी बर्षा हुनेछ । पानीको वहावको निकास नभएका स्थानहरु ठूलो डुवानमा पर्नेछन् ।

सम्बन्धित खबरहरु