काठमाडौ । स्वर्गका परी जस्ता छोरीहरु, जो बगैचाको सबैभन्दा सुन्दर फूलहरु जस्ता छन् । तर कहानी सुन्दा भक्कानिन्छ ।

हिजो करीब ४ बजे तिर बा २ ज ५२११ नम्बरको ट्याक्सीमा नै यी दुई नानीहरु आमासँगै आइरहेका थिए । ट्याक्सी चालकका अनुसार म केही समयमा आउँछु केही किन्नु छ भनेर आमा ट्याक्सी बाहिर निस्किनु भयो । तर उहाँ फेरी फर्किनु भएन ।

केहि समयमा फर्किन्छु भनि घण्टौ नफर्किएपछि चालकले प्रहरी समक्ष नानीहरु सहित बयान दिए । नानीहरुपनि बोल्न सक्ने छन् । नानीहरुका अनुसार उनीहरुका बुबाको नाम नरेन (नरे) के सी हो ।

आमाको नाम सीता हो । उनीहरु काठमाडौको थापाथलीमा बस्दै आएका थिए । ठुली नानीको नाम सर्मिला के. सी. बताउछिन् भने सानी नानीको नाम समिंक्षा के. सी. बताउछिन् ।

के बाध्यता पर्यो र यसरी हराउनुभयो । कतै केही भवितव्य त परेन ? कसैको गलत कर्ममा त पर्नुभएन ? नानीहरुकी आमाले नानीहरुलाई घर जाने भनेर काठमाडौ देखि नै ट्याक्सी रिजर्भ गरेर घर सिन्धुपाल्चोक जानुभएको थियो ।

तर सिन्धुपाल्चोक नजिक पुगेपछि उहाँ एकछिन रोक्नुहोस् है भन्दै बाहिर निस्किनुभएको थियो । तर घण्टौ फर्किनु भएन । तर अब यी नानीहरुलाई उहाँहरुको परिवारसम्म जिम्मा लगाउनु छ ।

कोहि कसैले चिन्नु हुन्छ भने प्रहरी चौकि मुडे, सिन्धुपाल्चोकमा सम्पर्क गरिदिनुहोला ।

त्यहाँका प्रहरी प्रतिनिधिको नम्बर ९८५१२९२५५५ ( 9851292555 ) मा सम्पर्क गर्नुहोला। कृपया नानीहरुका आमा बाबु वा आफन्तको खोजीको लागि यो पोस्ट धेरै भन्दा धेरै साझा गरिदिनुहोला ।

सम्बन्धित खबरहरु