काठमाडौं । नेपालीहरुबीच अब्दुल्लाह अल मुतैरी निकै चर्चित नाम हो । उहाँ एक कुवेती मूलका फुटबल प्रबन्धक हुनुहुन्छ, जसले हाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रबन्धन सन् २०२१ मा सुरु गर्नुभयो ।

उहाँ सोही टोलीका २०२२ फुटबल विश्‍वकपको छनोट प्रतियोगिताका मुख्य प्रशिक्षक पनि हुनुभयो ।

आन्तरिक राजनीतिमा दोषारोपण गर्दै उहाँले २ जुलाई, सन् २०२१ मा राजीनामा पनि दिनु भएको थियो । तर पछि विवाद मिलेपछि उहाँ अहिले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षकका रूपमा काम गरिरहनु भएको छ ।

आज रक्षा बन्धनका दिन उहाँले राखी बाँधेको भन्दै खुबै प्रशंसा भइरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले राखी बाँधेको तस्विरसहित क्याप्सन लेख्नुभयो, ‘अब म सुरक्षित छु, रक्षा बन्धनको शुभकामना ।’

उहाँको यस पोस्टमा निकै सकारात्मक टिप्पणीहरु आइरहेका छन् । मुस्लिम भएर पनि हिन्दुहरुको पर्व रक्षा बन्धनको सम्मान गरेको भन्दै उहाँको तारिफ हुँदैछ ।

विष्णु विक्रम कार्की लेख्नुहुन्छ, ‘कुनै शब्द छैन प्रिय प्रशिक्षक । तपाईं मानव मूल्यहरु भएको एक साँचो मानव हुनुहुन्छ । तपाईंलाई पछ्याउने जो कोहिको लागि एक प्रेरणा हो । धेरै माया र सम्मान प्रिय कोच ।’

रियाज रेग्मी भन्नुहुन्छ, ‘तपाईंले पहिले नै धेरै सम्मान प्राप्त गर्नुभएको थियो, यस्ले त्यो सम्मानमा एक नयाँ उचाई दियो । यो हाम्रा लागि सबै भन्दा राम्रो जवाफ हो, जब हामी ईद मुबारक भन्छौं । धन्यवाद कोच ।’

 

सम्बन्धित खबरहरु