काठमाडौं । रक्षा बन्धनका दिन एक दुःखद खबर घटेको छ । भारत, बिहारको सारण जिल्लामा एक भाइले आफ्नी बहिनीबाट सर्पलाई राखी बाँधेका थिए ।

सोही सर्पले बहिनीको आँखाको अगाडि भाइलाई डस्यो । त्यसको केहि समय पछि उनको मृत्यु भयो । यसरी राखी बाँधेकै दिन एक बहिनीले आफ्नो दाई गुमाउनुपर्यो ।

भारतीय सञ्चारमाध्यमहरुमा यस्को एक भिडियो पनि निकै भाइरल भइरहेको छ । अनौठो कुरा के हो भने सर्पको टोकाइबाट मरेका युवकले विगत धेरै बर्षदेखि सर्पले टोकेको मानिसहरुको ज्यान बचाउदै आएका थिए ।

प्राप्त जानकारी अनुसार, माँझी प्रहरी चौकी क्षेत्रको शीतलपुर निवासी २५ वर्षीय मनमोहन उर्फ ​​भुयार विगत धेरै बर्ष देखि सर्प संगै खेल्दै आएका थिए । यदि गाउँको कुनै व्यक्तिलाई सर्पले डस्यो भने मानिसहरु मनमोहन सम्म जान्थे ।

मनमोहनले जडिबुटीको सहायताले सर्पको टोकाइबाट पीडितहरुको उपचार पनि गर्थे । तर मनमोहनलाई के थाहा थियो र उनले वर्षौसम्म साथमा राखेको सर्प नै उनका लागि काल बनेर आउँछ ।

आइतबार मनमोहन आफ्नी बहिनीकहाँ सर्प लिएर पुगेका थिए । मनमोहनले आफुले राखी बाँधेपछि बहिनीसँग सर्पलाई पनि राखी बाँध्न अनुरोध गरेका हुन् । मनमोहन आफ्नो हातमा सर्पको पुच्छर समातेर सर्पहरु संग खेल्दै थिए । अचानक मनमोहनको खुट्टामा सर्पले डस्यो ।

मनमोहनको केहि घण्टा पछि मृत्यु भयो । गाउँमा मानिसहरु मनमोहनलाई सर्पको साँचो साथी र उनीमाथि ईश्वरीय चमत्कार मान्दै ठूलो सम्मानको साथ हेर्ने गर्दथे ।

सर्पको टोकाईपछि, मानिसहरु उनलाई बोलाउँथे र जडीबुटी को सहयोगले उनी बिरामीको उपचार गर्थे । मनमोहनको मृत्युको खबरलाई जनताले पत्याएका छैनन् । माँझी र एकमा र वरपरका मानिसहरु मनमोहनको मृत्यु बाट स्तब्ध भएका छन् ।

 

सम्बन्धित खबरहरु