काठमाडौ । सामाजिक सञ्जाल विशेष गरेर ट्वीटरमा बिहीबारदेखि एउटा नाम एकदमै चर्चित भइरहेको छ “राम बहादुर” ।

ट्वीटरको हालको ट्रेन्डिङमा राम बहादुर भन्ने नाम शीर्ष स्थानमा छ । यता फेसबुकमा पनि राम बहादुरको नामका पोस्टहरु अत्याधिक आइरहेका छन् ।

यतिबेला सामाजिक सञ्जालका केही प्रयोगकर्ता राम बहादुरको नाममा विभिन्न ट्रोल र पोस्टहरू सेयर गरिरहेका छन् भने केही प्रयोगकर्ता रामबहादुर को हो र एकाएक यो नाम सामाजिक सञ्जालमा कसरी आयो भनेर अचम्मित बनेका छन् । यसको वास्तविकता कुरा सुरु हुन्छ सञ्जय सिलवाल गुप्ताको पोडकास्ट भिडियोबाट ।

बुधबार गुप्ताले ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतिसँगको अन्तरर्वार्ता आफ्नो युट्युब च्यानलमा राखेका थिए । यो समाचार तयार पार्दासम्म सो भिडियो २५ हजारभन्दा बढीले हेरिसकेका छन् ।

तर त्यही भिडिओ अन्तर्वार्तामा बोलेको ‘रामबहादुर’को प्रसंग अहिले सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । यससँगै अहिले रामबहादुर ट्वीटरको ट्रेन्डिङमा छ । बुधबार प्रसारण भएको “मेक इन नेपाल” शीर्षकको यो भिडियोको एउटा सानो अंश गुप्ताले युट्युबको स्टोरीमा राखेका थिए ।

जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विशेष गरेर त्यो नाम जुन सौरभ ज्योतीले कार्यक्रममा लिएका थिए ।

देशको व्यापार घाटाको विषयलाई लिएर गुप्ताले देशमै बनेका उत्पादनहरू र आयातित वस्तुमा कसरी सन्तुलन ल्याउन सकिन्छ भनेर गरेको प्रश्नमा ज्योतीले देशकै सामान प्रयोग गर्नुपर्ने कुरालाई जोड दिदैँ “रामबहादुर” को नाममा एउटा उदाहरण दिएका थिए । त्यही उदाहरण एकाएक फैलियो ।

 

सम्बन्धित खबरहरु