काठमाडौँ । दक्षिण एसियाको एकमात्र राजतन्त्रात्मक देश भुटानले पहिलो पटक महिला सैनिक तयार गरेको छ । भुटानले कब्याट ड्युटीमा तयार गर्ने पहिलो ब्याच तयार गरेको हो ।

पहिलो ब्याच अन्तर्गत १५० महिला सैनिकहरु छनौट भएका छन् । भुटानको प्रसिद्ध अखबार दि भुटनिजका सम्पादक छिरिङ नामसाङ्गका अनुसार यस अगाडि पनि महिलाहरु सैन्य सेवामा थिए तर, डाक्टर, इन्जिनियर, नर्स लगायतका प्राविधिक क्षेत्रमा थिए ।

भुटानको सैन्य तालिम केन्द्र तेन्चोलिङमा शुक्रबार ७७औँ भर्तीको ब्याचको परेड खेलाइएको थियो ।

उक्त परेडमा भुटानी राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुक तथा प्रधानमन्त्री डाक्टर लोते छिरिङ समेत दर्शकको रुपमा सहभागी रहेको भारतीय अनलाइन पत्रिका नर्थइस्ट नाउले उल्लेख गरेको छ ।

उसका अनुसार १५० महिला सैनिकहरुलाई भुटानका विभिन्न क्षेत्रहरुमा खटाइनेछ । भुटानी सैन्य इतिहासमा महिलाको आगमन भएको पहिलो अवसरमा भुटानीहरुले खुशी व्यक्त गरेका छन् ।

https://twitter.com/TenzingLamsang/status/1428700458953019403

सम्बन्धित खबरहरु