काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्नै सरकारबिरुद्ध बोलेको छ । नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो ।

नेविसंघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ ।

संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्नुभएको हो ।

तिमल्सीनाले उपभोक्तो चरम पीडा खपिरहेको समयमा गरिएको मूलयवृद्धि तत्काल फिर्ता लिन मागसमेत गर्नुभएको छ ।

स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक–पटक गरिएको मुल्यवृद्धि जनबिरोधी कार्य भएको नेविसंघको बुझाई रहेको छ ।

नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ र खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि भएको छ ।

 

सम्बन्धित खबरहरु