काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।
नतिजा सार्वजनिक गरिएको सम्बन्धी एक सूचना जारी गर्दै त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान डीनको कार्यालयले यस्तो सूचना जारी गरेको हो ।
नतिजा प्रकाशित सम्बन्धी सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान डीनको कार्यालय बाट मिति २०७० चैत्र ११ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस पुल्चोक, पश्चिमाञ्चल क्याम्पस पोखरा, पुर्वाञ्चल क्याम्पस धरान र चितवन इन्जिनियरिङ्ग क्याम्पस चितवन रामपुर को लागि आन्तरिक श्रोत तर्फ निम्न अनुसार विभिन्न विषयको शैक्षिक पदहरुमा आवेदन गरी अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरु मध्ये निम्न लिखित रोल नम्बर भएका उम्मेदवारहरु देहायको विषय र पदमा छनौट भएकोले निर्णयअनुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
त्रिविले छनौट भएका उम्मेदवारहरूले सम्बन्धित त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान डीनको कार्यालय ०१५५४२७५१ मा सम्पर्क राख्न अनुरोध गरेको छ ।