काठमाडौं । कुकुरको छाउरो बचाउन खोज्दा एक बालिकाको मृत्यु भएको छ । भारत, उत्तर प्रदेशमा एक दर्दनाक दुर्घटना भएको हो ।

त्यहाँ एक १२ वर्षीया बालिकाको ९औं तलाबाट खसेर मृत्यु भयो । उनी घरमा कुकुरको छाउरासँग खेली रहेकी थिईन्, तब छाउरो कौसीमा गयो । समाचार अनुसार त्यहाँ पुगेको छाउरो जालमा फस्यो ।

ती बालिकाले त्यसलाई जालबाट बाहिर निकाल्न खोज्दै थिइन् तब अचानक उनको सन्तुलन बिग्रियो र उनी खसिन् । बालिकालाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पतालले उनको मृत्युको घोषणा गरेको हो ।

दुर्घटना गाजियाबादको गोविन्दपुरम स्थित गौर होम्स सोसाइटीको हो । ती बालिकाको नाम ज्योत्स्ना हो । उनका पिता मोहन शर्मा खेतान कम्पनीमा काम गर्छन् ।

दुर्घटनाको बेला बालिका र उनकी आमा घरमा थिइन् । ज्योत्स्ना आमा बुबाको एक्ली सन्तान थिइन्। प्रहरीका अनुसार घटना दिउँसो १२ः१५ बजेको हो । १२ वर्षीया ज्योत्स्ना घरमा कुकुरसंग खेल्दै थिइन्, तब कुकुर अचानक कौसीमा भएको जालमा फस्यो ।

निर्दोष बालिका ज्योत्स्ना छाउरालाई जालबाट बाहिर निकाल्ने कोशिश गर्दै थिइन् । सोही समयमा अचानक ज्योत्स्नाको सन्तुलन बिग्रियो र उनी ९औं तलाबाट खसिन् ।

छोरी खसेको आवाज आएपछि ज्योत्स्नाकी आमा किरणलाई थाहा भयो । जब उनी दौडेर तल गइन्, उनले छोरीलाई रगत बगिरहेको अवस्थामा देखिन् ।

बालिकालाई तुरुन्तै अस्पताल पुर्याइयो, त्यहाँ उनको मृत्यु भयो । ज्योत्स्ना गाजियाबादको एक विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन् । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

 

सम्बन्धित खबरहरु