Prachanda_pushpakamalकाठमाडौँ । एकिकृत नेकपा माओवादीकका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सभाध्यक्षको निर्णय नसच्याए सम्म सत्तारुढ लदहरु संग बार्तामा नवस्ने बताएका छन् ।

१९ दलिय मोर्चाको सिंहदरवारमा बसेको बैठक पछि निर्णय सार्वजनिक गर्दे अध्यक्ष प्रचण्डले संविधानसभामा सभामुखले प्रश्तुत गरेको प्रश्नावलि समिति बनाउने निर्णय नसच्याइए सम्म कांग्रेस एमाले संग बार्तामा नवस्ने उद्घोष गरेका हुन् ।

मोर्चाले संविधानसभा अध्यक्षको कदम प्रतिगामि भन्दै उनका बिरुद्ध देशव्यापि प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

वैठकले सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष भन्दा पनि एमालेको प्रवत्ताको रुपमा संविधानसभाको प्रश्तुत भएको आरोप लगाएको छ ।

देश मुटभेड तर्फ गएको भन्दै मोर्चाले त्यसको जिम्मेवार कांग्रेस एमाले भएको तर्क गरे ।

सभामुख सुवास नेम्वाङ नयाँ महाभारतको सिखण्डी

st 1काठमाडौँ । एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता एवं संवाद समितिका सभापति बाबुराम भट्टराईले सभामुख सुवास नेम्वाङ नयाँ महाभारतको सिखण्डी भएको आरोप लगाएका छन् ।

आइतवार संविधानसभाको बैठकमा सभामुख सुवास नेम्वाङले प्रतिपक्षीको नारावाजिका बाबजुद प्रश्नावलि समिति बनाए पछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ‘हिजो संविधानसभामा माओवादी – मधेशवादीहरुको बहुमत हुँखा प्रतिपक्षिको सहमति विना राष्ट्रपति अध्यायादेश जरि गर्दिन भन्नुहुन्थ्यो, सभाध्यक्षले बैठक बोलाउन सक्दिन भन्नु हुन्थ्यो भने ४ जनाले नाराबाजि गर्दा संसद अवरुद्ध गर्नुहुन्थ्यो’ भन्दै आपत्ति जनाएका हुन् ।

महाभारतको कथाको प्रयोग गर्दे उनले पुरानो महाभारतमा द्रोणाचार्यलाई ढाल्न‘अशोस्थामा हतोहत’को झुटो हल्ला पिटाएको र भीष्मलाई ढाल्न सिखण्डिको प्रयोग गरिएको भन्दै माओवादी र मधेषवादी दलहरुलाई ढाल्न केहि सामाजिक सञ्जाल र ठूला मिडिया मार्फत अनर्गल प्रचार गरिएको टिप्पणी गरे ।

उनले सभामुखलाई सिखण्डीको रुपमा प्रयोग गरिएकोमा आपत्ति जनाएका हुन् ।

सम्बन्धित खबरहरु