काठमाडौं । भारत, उत्तर प्रदेशको गाजियाबाद, गोविन्दपुरमको गौर होम्समा एक दुखद घटना बाहिर आएको छ, जसले सबैलाई स्तब्ध बनाएको छ । बुधवार, एक १२ वर्षीया बालिका को ९औं तलाबाट झरेर मृत्यु भयो ।

घटना पछि गौर होम्स सोसाइटी शोकमा डुबेको छ । स्थानीयले शोकमा परेका आमा बुबालाई सान्त्वना दिइरहेका छन् ।

ललित मोहन शर्मा, मूलतः काशीपुर, उत्तराखण्डका, मेरठ रोड औद्योगिक क्षेत्रमा स्थित एक बहुराष्ट्रीय कम्पनीमा प्रवन्धक छन् । उनी आफ्नी एक मात्र छोरी १२ वर्षीया ज्योत्स्ना र श्रीमतीसँग गोविन्दपुरमको गौर होम्स सोसाइटीको ९औं तलाको फ्ल्याटमा लगभग १० बर्षदेखि बस्दै आएका छन् । ललित बुधबार पनि पहिले झैं अफिस गएका थिए ।

घरमा श्रीमती र छोरी थिए । बुधबार दिउँसो करिब १२ः३० बजे ज्योत्स्ना घरमा भएको कुकुरसंग खेलिरहेकी थिइन् । खेल्दै गर्दा कुकुर कोठा बाट कौसीमा पुग्यो र रेलिङ्गमा अड्कियो । ज्योत्स्ना कुकुरलाई मद्दत गर्न दौडिइन् ।

कुकुरलाई बाहिर निकाल्न प्रयास गर्दा उनी तल झरिन् । यो संगै कुकुर पनि तल झर्यो । बालिकाको आवाज सुनेर सोसाइटीका गार्ड र स्थानीयहरु घटनास्थल पुगे ।

बालिकाकी आमा र त्यहाँका भएका अन्य मानिसहरुले बालिकालाई सर्वोदय अस्पताल लगेका थिए, जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरेका हुन् । दुर्घटनामा कुकुरको पनि मृत्यु भएको छ । ललितले आफ्नी छोरी आधा घण्टा भुइँमा कराइरहेकी थिइन् भनेकी छिन् ।

छोरीलाई अस्पताल लैजाउ भन्दै उनले सबैसँग बिन्ती गरिन्, तर कसैको मन पुग्लिएन् । यस क्रममा, सूचना पाएका उनी काम छोडेर उनी अफिसबाट तत्काल घर गएका हुन् । बाटोमा, उनले आफ्ना आफन्तहरुलाई पठाएका थिए, जसले छोरीलाई अस्पताल पुर्याउन सहयोग गरेका थिए ।

ललित मोहन शर्माका अनुसार उनकी छोरीको तुरुन्त उपचार भएको भए, बाँच्न सक्थिन् । ज्योत्स्ना पालिएको कुकुरलाई धेरै प्रेम गर्थिन् ।

उनी उनको खाली समयमा कुकुरसंगै खेल्थिन् । एक दुःखद दुर्घटनामा दुबै संगै मृत्युपछि परिवार शोकमा छ । ज्योत्स्नाका आमा बुबाले उनको मुटुको टुक्रा नै गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

 

सम्बन्धित खबरहरु