काठमाडौ । औपचारिक रुपमा नै अलग अलग भएपछि पहिलो पटक नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल आफ्ना पूर्व वरिष्ठ नेतामाथी खनिनुभएको छ ।

उहाँले नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बनिसकेपछि नेपालमाथी कटाक्ष सुरु गर्नुभएको हो ।

स्मरण रहोस् उहाँ अध्यक्ष नेपाल समूहकै नेता भएर यति लामो राजनीतिक यात्रा पार गरेर आउनुभएको हो ।

उहाँको आजको अभिव्यक्तिले राजनीति भनेको आरोप प्रत्यारोप गर्ने नै मात्र हो त भन्ने सोच्न बाध्य बनाएको छ ।

नेता रावल पछिल्लो समय नयाँ शिक्षामा विद्यावारिधी गरिसकेको वौद्धिक नेता हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।

अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।

https://twitter.com/BhimRawal179/status/1430885623687114761

 

सम्बन्धित खबरहरु