काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको खुलासा गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ( pushpa kamal dahal )  ले त्यही बेला शीर्ष नेताहरुसँग यो अल्पकालिन र रणनीतिक एकता हो तपाईहरु कुनै चिन्ता नलिनु म एमाले माओवादीमा विलय गराएर छोड्छु भन्नुभएको उहाँको खुलासा छ ।

उहाँले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकता दीर्घकालीन सोचले भएको होइन । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो ।

”सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको पूर्व सांसद पोखरेलले जिकिर गर्नुभयो ।

माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले सङ्गठन निर्माणमा जोड दिनुभयो ।

सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि–४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु