ओबामा र मोदी पहिले देखि नै चुड्किला र जोक्स सुनाउने साथी

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ११ माघ, २०७१

भारतको तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अत्यन्तै घनिष्टता रहेको सार्वजानीक भएपछि त्यो अन्तराष्ट्रिय सञ्चार माध्यमको चर्चाको विषय बनेका छ । महाशक्ति राष्ट्र अमेरिका र भारतका राष्ट्र प्रमुखहरु एक अर्काका अत्यन्तै असल मित्र रहेको विषय विश्वका सञ्चार माध्यमले चर्चाको विषय बनाएका हुन् । टेलिफोनमै लामो समयसम्म चुड्किला, जोक्स  गफ हुने हुने विषय दुवैले सार्वजानीक गरेका थिए । भारत भ्रमणको पहिलो दिन ओबामाले भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीस्थित हैदरावाद हाउसमा वार्ता गरेका छन् ।

त्यसअघि नै उनीहरुले हैदरावाद हाउसको बगैचामा बसेर संगै चिया खाएका थिए । ओबामा भारतको गणतन्त्र दिवसको दिन प्रमुख अतिथि हुनेछन् । हैदरावाद हाउसको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले दुई देश र ओबामासँगको सम्बन्धका बारेरमा खुलेर कुराकानी गरेका थिए ।

सम्बन्धित खबरहरु