काठमाडौं । ठुलो संख्यामा सरकारी कर्मचारीको आवश्यक परेको छ । नेपाल सरकार गृह मन्त्रालय सशस्त्र प्रहरी बल नेपालले ठुलो संख्यामा नयाँ कर्मचारी माग गरेको हो ।

प्रधान कार्यालय मानव श्रोत विभाग, मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा, हलचोक, स्वयम्भुले विभिन्न पदका लागि नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

जारी सूचनामा भनिएको छ, ‘सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ निम्न पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रु १०/– को टिकट टाँसी (स्वयं उपस्थित भई) आफुलाई पायक पर्ने सशस्त्र प्रहरी बल, नेपालको तोकिएको कार्यालयहरुमा दरखास्त फाराम बुझाउन सकिने गरी दरखास्त आह्वान गरिन्छ ।’

दरखास्त लिने मितिः २०७८/०५/११ गते, १०ः०० बजेदेखि २०७८/०६/१० गते, १७ः०० बजेसम्म ।

२. सम्पर्क मितिः

  • (क) सशस्त्र प्रहरी निरीक्षक मितिः २०७८/०५/१३ गते, ११ः०० बजे ‘सशस्त्र प्रहरी बल’ नेपाल प्रधान कार्यालय, हलचोक ।
  • (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक मितिः २०७८/०६/१३ गते, ११ः०० बजे दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा ।
  • (ग) सशस्त्र प्रहरी जवान मितिः २०७८/०६/१३ गते, ११ः०० बजे दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा ।
  • (घ) सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) मितिः २०७८/०६/१३ गते, ११ः०० बजे ‘सशस्त्र प्रहरी बल’ नेपाल प्रधान कार्यालय, हलचोक ।

सम्बन्धित खबरहरु