काठमाडौं । गम्भीर मुद्दामा जेल सजाय भोगिरहेका मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ स्थगित भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम उक्त मुद्दामा सुनुवाइ हुन नसकेको बताउनुभयो ।

२०६४ चैत्र २७ गते राजपुरमा भएको रौतहटको घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सोही निवेदनमाथि शुक्रबारका लागि पेशी तोकिएको थियो ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई २०७६ असोज २६ मा पक्राउ गरिएको थियो ।

सम्बन्धित खबरहरु