काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ( Donald Trump ) ले बिहीबार अफगानिस्तानको काबुल विमानस्थलमा भएको घटनाबारे आफ्नो बयान जारी गरेका छन् ।

उनले सो घटनामा शहीद भएका अमेरिकी सेनाका परिवारहरुप्रति समवेदना व्यक्त गरेका हुन् । एक बयानमा उनले भनेका छन्, ‘यो घटना कहिल्यै हुनु हुँदैन थियो ।

यदि म तपाईंको राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन ।’ ट्रम्पले भने, ‘हाम्रो संवेदना काबुल घटनामा मृत्यु भएका निर्दोष नागरिकहरुका परिवारहरुसंग पनि छ।

यो त्रासदी कहिल्यै हुन दिनु हुदैन थियो, यस्ले हाम्रो दुःख लाई गहिरो बनाउँछ । यदि म तपाईंको राष्ट्रपति भएको भए यो घटना कहिल्यै हुने थिएन । भगवान अमेरिकालाई आशीर्वाद दिनुहोस् ।’

पेन्टागनका प्रेस सचिव जोन किर्बीले काबुल विमानस्थलमा भएको घटनाको पुष्टि गर्दै काबुल विमानस्थलमा भएको जटिल घटनामा धेरै अमेरिकी सैनिकहरुको मृत्यु भएको बताएका थिए ।

यी सबैबीच काबुलस्थित अमेरिकी दूतावासले नयाँ चेतावनी जारी गरेको छ । काबुल विमानस्थल बाहिर भएको उक्त घटनामा अमेरिकी सैनिकको मृत्यु भएपछि राष्ट्रपति जो बाइडेन क्रोधित छन् ।

घटनापछि बाइडेनले ह्वाइट हाउसमा एक बयानमा अमेरिकाले कसैलाई माफ नगर्ने बताएका छन् । अमेरिकाले जसरी पनि यो घटनामा संलग्नलाई कडा सजाय दिने बताएका छन् ।

काबुलमा भएको घटनामा दर्जन भन्दा धेरै अमेरिकी सैनिकसहित १०० भन्दा धेरैको मृत्यु भैसकेको छ ।

अमेरिकाले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गर्न जारी राख्ने बताएको छ । उनले भने, ‘हामी हाम्रा अफगान सहयोगीहरुलाई निकालिदिनेछौं र हाम्रो मिशन जारी रहनेछ ।’

 

सम्बन्धित खबरहरु