काठमाडौं । चर्चित अभिनेत्री, मोडड एवं निर्माताको छवि बनाएकी केकी अधिकारी ( keki adhikari ) समय समयमा चर्चामा रहने गरेकी छिन् ।

टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले सोचेजस्तो सफलता पाउन सकिनन् ।

पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माणमा अधिकारीको नाम आउँछ । उमेरले ३० वर्ष पार गरेको भए पनि उनी अहिलेसम्म अविवाहित छिन् ।

तत्कालै विवाह गर्ने कुनै योजना नभएको जवाफ उनीसँग छ । तर विवाहबारे उनले अक्सर प्रश्नहरुको सामना गर्नुपर्छ । उनलाई सबैले विवाह कहिले गर्ने भनेर सोधिरहेका हुन्छन् ।

उनले अचेल आफुलाई विवाहदेखि डर लाग्न थालेको जवाफ दिन थालेकी छिन् । हालै उनले आफ्नो युट्युव च्यानलमा एक भिडियो पोस्ट गरिन् ।

भिडियोमा उनले केही फ्यानका प्रश्नको जवाफ समेत दिएकी छन् । जसमा एक फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन ?’ भनेर प्रश्न गरेका छन् । जवाफमा उनले कसैलाई पनि बिहे गरम गरम त हुन्छ जस्तो हुन्छ होला भनेर विश्वास नलाग्ने तर्क गर्छिन् ।

बिहे गरेकाहरुले गरम गरम लागेर गरेका होइनन् होला भन्ने जिज्ञासा पनि उनलाई हुन्छ । अभिनेत्री अधिकारीलाई बिहे नगरम नगरम पनि भएको छैन ।

सोही प्रश्नको जवाफमा उनले आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरुको सूची समेत धेरै लामो भएको भनेकी छिन् । उनलाई नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै मनपर्ने अभिनेता सौगात मल्ल हुन् ।

उनले भनेकी छिन् मलाई सौगात मल्ल मन पर्छ । उनले सौगात मल्ल ( sougat malla ) मन पर्छ भनेर सार्वजनिक रुपमा नै भनेपछि अनेकौ प्रतिक्रिया आएका छन् । एक प्रयोगकर्ताले भनेका छन् आफ्नो अनुहार हेरेकी छ्यौँ ।

सम्बन्धित खबरहरु