काठमाडौं । नेपाली समाजमा विवाहको विशेष महत्व हुन्छ । ठाउँ अनुसार विवाहको रीतिरिवाज पनि अलग–अलग हुन्छन् । हिन्दु धर्ममा सात जन्मको वाचा गरेर मानिसहरु विवाह गर्छन् ।

एक समय थियो, जब दुलाहा र दुलही मण्डपमा पूर्ण रूपमा चुपचाप बस्थे । आफ्नो मुख बाट एक शब्द पनि बाहिर निकाल्दैन्थे ।

तर अब मण्डपमा हात चलाउन थालिएको छ । हालै, सामाजिक सञ्जालमा भाइरल भईरहेको एक भिडियोमा, एक दुलहीले मण्डपको बिचमा दुलाहालाई हात हालेकी हुन् ।

आखिर विवाह मण्डपमा दुलहीले दुलाहालाई किन हात हालिन् भन्ने कुरा जानेर तपाईं हैरान हुन सक्नुहुन्छ । जब, दुलहीलाई थाहा भयो कि दुलाहा गुट्खा खाँदैछन् । यो देखेर उनी क्रोधित भइन् र दुलाहालाई गुट्खा थुकेर आउ भनिन् ।

यो घटना विवाह मण्डपमा विवाह शुरू हुनु भन्दा केहि समय पहिले भएको थियो । दुलाहा र दुलही एक अर्काको छेउमा नजिकका आफन्तहरुबाट घेरिएका छन् । दुलही विवाहमा उपस्थित एक व्यक्ति (दुलाहा) संग कुरा गर्न थाल्छिन् ।

त्यसपछि अचानक उनीसंग बहस शुरू हुन्छ र बेहुलीले हात हाल्छिन् । हात हालेपछि उनी आफ्नो दुलाहातर्फ फर्कीइन् र चिच्याईन् ।

विवाहमा उपस्थित कोहि पनि विवाह रोक्न खोज्दैनन् र विवाद बढ्छ । यदि तपाईं भिडियोमा ध्यान दिएर सुन्नुभयो भने थाहा हुन्छ कि दुलही रिसाएकी छिन् । उनलाई उनका पति गुटखा चपाउदै गरेको मन पर्दैन ।

अचानक दुलहीले दुलाहालाई थर्काउदै गुट्खा थुकेर आउन आग्रह गरेकी छिन् । त्यसपछि दुलाहा गुट्खा थुक्न बाहिर जान्छन् ।

सम्बन्धित खबरहरु