काठमाडौं । बिहीवार काबुलमा भएको चरमपन्थीको हमलाबिरुद्ध अमेरिका उत्रिएको छ ।

राष्ट्रपति जो बाइडेनले आइएसआईएस–के योजनाकार बिरुद्ध धावा बोल्न आफ्ना सैनिकहरुलाई अनुमति दिएका हुन् ।

केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन बिल अर्बनको एक बयान अनुसार, ‘अफगानिस्तानको नान्गरहार प्रान्तमा मानव रहित हवाई हमला भयो । प्रारम्भिक संकेत अनुसार हामीले लक्ष्य पुरा गर्यौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई कुनै नागरिक हताहत भएको जानकारी आएको छैन ।’ अमेरिकी सेनाले शनिवार अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरुमाथि हवाई हमला गरेको हो ।

अमेरिकी अधिकारीहरुका अनुसार बिहीवार काबुल विमानस्थलमा कारबाही गर्ने इस्लामिक समूहका योजनाकारलाई ताकिएको बनाइएको छ । कम्तीमा १३ अमेरिकी सैनिकहरु सहित झण्डै २०० जना मानिसहरु बिहीबारको कारबाहीमा मृत्यु भएका छन् ।

त्यसको जिम्मेवारी अफगानिस्तानमा रहेको इस्लामिक स्टेट–खोरासन (आईएस–के) ले लिएको छ । अमेरिकाले नान्गरहार प्रान्तमा ड्रोनको माध्यमबाट यो हमला गरेको बताएको छ ।

अमेरिकाका अनुसार त्यसमा लक्षित गरिएका आईएसका मुख्य व्यक्ति मारिएका छन् । बिहीवारको घटनापछि, अमेरिकी राष्ट्रपति जो बाइडेनले एक पत्रकार सम्मेलनमा यस घटनाका लागि जिम्मेवार पत्ता लगाएर ठेगान लगाउने बताएका थिए ।

अमेरिकी अधिकारीहरुले काबुलमा रहेका आफ्ना नागरिकहरुलाई सम्भावित घटनाका बिषयमा नयाँ चेतावनी जारी गरी उनीहरुलाई विमानस्थलको मुख्य सडकहरुबाट टाढा रहन आग्रह गरेको छ ।

सोही समयमा, वरिष्ठ तालिबान अधिकारीहरु भन्छन् कि उनीहरु काबुल विमानस्थलभित्र ठिक भएर बसेका छन् ।

अमेरिकीहरु जाने बित्तिकै विमानस्थल तालिबानले आफ्नो सुरक्षामा लिनेछ । अर्कोतर्फ, अमेरिकाले अफगान जनतालाई अन्तिम क्षणसम्म निकाल्ने जनाएको छ ।

सम्बन्धित खबरहरु