काठमाडौं । एक व्यक्तिले आफ्नी श्रीमतीको ज्यान लिएपछि लाश झाडीमा लुकाएको खुलेको छ ।

त्यसपछि उनी आफैंले प्रहरीलाई फोन गरेर आफूले श्रीमतीलाई सँधैका लागि विदा गरेको भन्दै स्विकार गरेका हुन् ।

उनको मनमा श्रीमती सिध्याएको कुरामा यति धेरै गौरव किन थियो भन्ने कुरा प्रहरी अनुसँनधान गर्दैछ । प्रहरीका अनुसार उनले पहिले आफ्नी श्रीमतीको ज्यान लिए, त्यसपछि उनको लाश एक उजाड क्षेत्रमा रहेको झाडीमा लुकाएको थियो । कुरा त्यहीँ टुंगिएन ।

उनी आफैं प्रहरीकहाँ आत्मसमर्पण गरेका हुन् । उनको लाश त्यहाँ झाडीमा पल्टिएको थियो । ति व्यक्ति दिल्लीमा बस्छन्, घटना फरीदाबादमा भयो । त्यसकारण दुई राज्यको प्रहरी यस प्रकरणमा संलग्न भयो ।

दिल्लीको कालिन्दी कुञ्ज प्रहरी चौकीमा अचानक फोन आयो । फोन गर्ने व्यक्तिले आफूले अपराध गरेको बताए । फोन गर्ने व्यक्तिले आफ्नी श्रीमतीको ज्यान लिएको बताए ।

त्यसपछि फोन गर्नेले टेलिफोनमा प्रहरीलाई लाश कहाँ भनेर पनि बताए । प्रहरीका अनुसार महिलाको लाश फरीदाबाद क्षेत्रमा थियो । त्यसैले फरीदाबाद प्रहरीलाई सूचित गरियो ।

फरीदाबादको प्रहरी चौकी सुरजकुण्डका अनुसार दिल्लीको कालिन्दी कुञ्ज प्रहरी चौकीबाट जानकारी प्राप्त भएको थियो । आरोपी निजामुद्दीनले जेतपुर दिल्लीमा २६ अगस्तको साँझ आफ्नी श्रीमती रवियालाई सिध्याएका थिए ।

रविया दिल्ली सिभिल डिफेन्समा काम गर्थिन् । यो सूचनाको आधारमा प्रहरी तुरुन्तै पाली रोड पुग्यो र त्यहाँ महिलाको लाश खोज्यो । खोज्दै जाँदा मुख्य सडक भित्र १०–१५ फिटको झाडीमा लाश भेटियो ।

पञ्चनामाको कारबाहीपछि, प्रहरीले लाश परीक्षका लागि बादशाह खान अस्पताल पठायो । त्यसपछि, केटीका परिवारका सदस्यहरुलाई पनि जानकारी प्राप्त भयो । उनीहरु सुरजकुण्ड पुगे र अभियुक्तबिरूद्ध मुद्दा दायर गरेका हुन् । उनीहरुले अभियुक्त निजामुद्दीनले आफ्नी छोरीलाई जागिर दिलाउन मद्दत गरेका थिए ।

तर निजामुद्दीनले आफ्नी छोरीसँग बिहे गरेको कुरा उनीहरुलाई थाहा थिएन् । ती युवतीका परिवारका सदस्यहरुका अनुसार अभियुक्त उनीहरुको घरमा धेरै पटक आउने गर्थे । अर्कोतर्फ, अभियुक्तले कालिन्डी कुञ्ज प्रहरी चौकीमा आफूले जूनमा रवियासंग अदालती विवाह गरेको बयान दिएका छन् ।

तर विवाहको उनीसंग कुनै प्रमाण नभएको प्रहरीले जानकारी गराएको छ । उनले प्रहरीकहाँ दिएको बयान अनुसार २६ अगस्टको राती उनी आफ्नी श्रीमतीलाई मोटरसाइकलमा पाली रोडमा लिएर गएका थिए ।

सोही क्रममा उनले श्रीमतीको ज्यान लिएका हुन् । लाश ठेगान लगाएपछि, उनी दिल्ली फर्किए र प्रहरीलाई जानकारी गराएका हुन् । अभियुक्तलाई कारागार चलान गरेर घटनाको बारेमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ । उनले घटना हुनुको कारण बताएका छैनन् ।

सम्बन्धित खबरहरु