काठमाडौ । अचानक बिरामी परेका एक जनप्रतिनिधिको निधन भएको छ । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन ( death ) भएको हो ।

शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको चिकित्सकहरुले पुष्टि गरेका छन् ।

ब्लड प्रेसर घटेपछि ( blood pressure low ) शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको छ ।

अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उहाँको कामको निक्कै प्रसंशा हुने गरेको थियो ।

पालिकाबासीहरु उहाँको काममा सन्तुष्ट थिए । फेरीपनि अध्यक्ष यादवले नै यो स्थानमा चुनाव जित्ने आँँकलन गर्न थालिएको थियो ।

अचानक मृत्यु हुनसक्ने 'ब्लड प्रेसर लो' भइहाल्यो भने के खाने ?

https://www.janaboli.com/post/353825

सम्बन्धित खबरहरु