काठमाडौ । जब राजु शाक्य ( Raju Shakya ) २० बर्षको उमेरमा पहिलो पटक अस्ट्रेलियाको मेलबोर्नमा उत्रिएका थिए । त्यो बेला त्यहाँ नगन्य मात्रामा नेपाली बसिरहेका थिए। अहिले भने ठूलो जनसंख्या नेपालबाट त्यहाँ पुगेको छ ।

एक विदेशी भूमिमा एक अर्कालाई सहयोग गर्न को लागि दृढ संकल्प गरेर बस्ने थोरै थिए । शाक्यले आफ्नो मातृभूमिका मानिसहरुसँग प्रगाढ सम्बन्ध बनाउन थाले।

उनले अनगिन्ती सामुदायिक गतिविधिहरु जस्तै एनआरएनए कार्यक्रमहरु, टीम निर्माण अभियानहरु, परम्परागत संगीत महोत्सवहरु र नेपाली फिल्म महोत्सवहरु आयोजना गर्न थाले ।

सूचना प्रविधिको अध्ययन गर्न मेलबोर्न गएका उनलाई नेपाली समुदायको ह्वात्तै साथ मिल्यो । त्यहाँ नेपालीहरुको समुदायको सदस्य भएर उनले धेरै काम गर्न थाले ।

यी समूहहरुमा सक्रिय हुनुको मुख्य कारण चै उनी आफ्नो संस्कृतिलाई त्यहाँपनि बचाई राख्न चाहान्थे । कहिलेकाही सोच्दा उनी अधिक भावुक बन्थे कतै यहाँ बस्ने नेपालीहरुले हाम्रो नेपालको संस्कृती त भुल्ने हैनन् ।

उनले सन् १९९७ मा स्नातक गरे । त्यसपछि एक प्रोग्रामर र प्रोजेक्ट म्यानेजरको रुपमा एक सफ्टवेयर कम्पनीमा काम सुरु गरे ।

उनले एक सफ्टवेयर प्रोग्रामरको रूपमा आफ्नो १५ बर्षको जागिरे जीवनका माध्यमबाट सामुदायिक अनेकौँ काममा जोडिए । तर उनलाई देश छोडेपनि देशको कला र संस्कृतीले सँधै नै बोलाइरहेको भान हुन्थ्यो ।

त्यो क्षेत्रमा केही गरेर नेपालसँगको प्रेमसँगै राखिराखौँ भन्ने थियो । उनलाई नेपाली फिल्म, संगीत र विशेष गरी नेपालमा बन्ने खानाको औधी सम्झना आउँथ्यो । अष्ट्रेलियामापनि म त्यही खोजिरहन्थे उनले भने ।

तर नेपाली संस्कृतिको प्रदर्शनका लागि सामुदायिक चाडहरु नै पर्खिनु पर्दथ्यो । शाक्यका लागि त्यो पर्याप्त थिएन। त्यसपछि उनले आफ्ना साथीहरु रञ्जन वैद्य र सुदिर शाक्यसँग मिलेर उनले एक संस्था खोले । जस मार्फत नेपाली समाज, भाषा र संस्कृतिका लागि काम गर्ने अठोट गरियो ।

यसबाट हरेक बर्ष नेपाली संगीत र खाना महोत्सवहरुको आयोजना हुन थाल्यो । यसले नेपाली र अस्ट्रेलियालीहरुबीच प्रेम विकास गर्ने पुलको काम गर्यो । यसमा नेपालमा निक्कै प्रख्यात मोमो खाने प्रतियोगिता निक्कै लोकप्रिय बनेको छ ।

उनले सम्झिए जब हामीले २०१७ मा हाम्रो पहिलो महोत्सव आयोजना गरेका थियौं, हामी हजारौं मानिसहरुको उपस्थिति देखेर चकित बन्यौँ ।

सन् २०१७ सम्म अष्ट्रेलियामा उल्लेख्य संख्यामा नेपालीहरु बसाई सरेका छन् । त्यहाँ नेपालीहरुको ठूलो समुदाय छ । शाक्यको अनुमान छ उनीहरु मध्य ४० देखि ५० प्रतिशतले नेपाल खानाको स्वाद ने खोजिरहेका छन् । त्यही बनाएर त्यहाँपनि खाइरहेका छन् ।

शाक्यको समूहले आयोजना गर्ने गीत, संगीत र खाना महोत्सवमा चमत्कारीक मानिसहरुको सहभागीता हुन्छ । अहिले त अस्ट्रेलियनहरुपनि नेपाली खाना र संगीतमा झुमिन थालेका छन् ।

देशका अनेकौँ कुनाबाट अस्ट्रेलिया पुगेका नेपालीहरुको महोत्सवमा गाढा प्रेम छ । एक अर्का भेटघाट गर्ने, मित्रता कायम गर्ने सौभाग्य समेत भएकाले शाक्यको समूहलाई अहिले अस्ट्रेलियामा खोजी रहिन्छ ।

  • यसैगरी अस्ट्रेलियामा कयौँ नेपाली छोरा छोरीहरुले नेपाल र नेपालीको माया कायम राख्नका लागि गरेका उल्लेखनीय कामहरुको विवरण हामीसँग कयौँ छ । हामी क्रमिक रुपमा पस्किने छौ । हामीलाई पढ्दै गर्नुहोला ।

सम्बन्धित खबरहरु