काठमाडौं । भारत, पञ्जाबको जगराँउमा एक व्यक्तिले आफ्नी ८ वर्षीया छोरीसहित घरमा देहविसाएका छन् । मृतकको नाम प्रदीप सिंह र उनकी आठ वर्षीया छोरी जसजित कौर रहेको बताइएको छ ।

सो घटनापछि, प्रहरी घटनास्थल पुग्यो र बाबु र छोरीको लाश परीक्षणका लागि नागरिक अस्पताल पठाएको छ । मृतक प्रदीप सिंहकी श्रीमती राजवन्त कौरले शंकास्पद परिस्थितिमा एक बर्ष अघि घरमा देहविसाएकी थिइन् ।

घटना जगराँव लधाईको हो । श्रीमतीको मृत्युपछि प्रदीप सिंह मानसिक रुपमा अशान्त थिए । उनकी आठ वर्षीया छोरी उनीसंगै बस्थिन् । बाबु र छोरीको देहविसाएको तब थाहा भयो जब मृतककी काकी त्यहाँ पुगिन् ।

उनी चाकर गाउँ निवासी प्रदीप सिंह छोरी जसजीतलाई साथमा लिन मृतकको घरमा गएकी हुन् । उनी पुग्दा घरका सबै ढोका खुल्ला थिँए । प्रदीपकी काकीका अनुसार प्रदीप सिंह र उनकी छोरी जसजीत कौरको लाश कोठामा पंखामा थिँए ।

उनले तुरुन्तै परिवारका सदस्यहरु र प्रहरीलाई घटनाको बारेमा जानकारी दिइन् । मृतक प्रदीपले एक नोट पनि लेखेका छन् ।

आफूले गएको एक वर्ष श्रीमती विना विताएको हरेक क्षणलाई वर्णन गर्न नसक्ने नोटमा उल्लेख गरेका छन् ।

आफ्नी छोरी कसैको बोझ नबनोस् भनेर छोरीलाई पनि सँगै लिएर गएको भनेका छन् । आफ्नो मुटुमा ढुङ्गा राखेर छोरीलाई साथमा लिएर यति ठूलो कदम चालेको उनले जानकारी दिएका हुन् ।

मृतक प्रदीप सिंहले आफ्नो नोटमा आफूहरुको मृत्युको लागि कसैको जिम्मेवार भनेका छैनन् । ससुराली पक्ष प्रति आक्रोश व्यक्त गर्दै मृतकले आफ्नो मृत्युको बारेमा ससुरालीलाई जानकारी नदिन र उनको अन्त्येष्टिमा ससुराली पक्षबाट कुनै व्यक्तिलाई नबोलाउन भनेका छन् ।

मृतक प्रदीपले आफ्नो सबै सम्पत्ति आफ्ना तीन जना मामालाई दिने बताएका छन् । उनले आफ्नो सम्पत्ति जो कोहिलाई बेच्न सक्ने जनाएका छन् ।

यस घटनाको बारेमा सिटी जगराओका एएसआई चमकौर सिंहले प्रहरीले दुबै लाशहरुलाई नियन्त्रणमा लिएर परीक्षका लागि नागरिक अस्पताल पठाइएको छ ।

मृतक प्रदीपकी काकी जसजितलाई आफूसँगै राखेर पढाउन चाहन्थिन् । यस प्रयोजनका लागि मृतक प्रदीप सिंहकी काकी छोरीलाई लिन उनको घरमा आएकी थिइन् । तर उनी यो डरलाग्दो दृश्य देखेर हैरान भइन् ।

सम्बन्धित खबरहरु