काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई राष्ट्रकै समस्या भएको आरोप लगाउनुभएको छ ।

केपी शर्मा ओलीले ऋषि धमलाको कार्यक्रममा कुरा गर्दै भन्नुभयो, प्रचण्ड जी बिग्रेको मान्छे हो तर मैले सुधार्न सक्छु भनेर पार्टी एकता गरेर नेकपा बनाए तर प्रचण्ड कहिल्यै नसुध्रिने रहेछन् ।

प्रचण्ड अहिलेको अवस्थामा राष्ट्रको ठूलो समस्या हुन् र अहिलेको राजनीति अस्थिरता पनि उनकै कारण भएको हो ।

नेता ओलीले थप भन्नुभयो, प्रचण्डको साथ पाएकोले अहिले प्रधानमन्त्री शेरबहादुर देउवा फुरफुर भएका छन् तर त्यो फुरफुर प्रचण्डले केहि समय मै उतारिदिन्छन् अनि देउवा जीले बुझ्नुहुन्छ ।

अहिले प्रधानमन्त्री पदको लागि प्रचण्डले सिर्जना गरेको भ्रममा हुनुहुन्छ देउवा जी । प्रचण्डले नराम्रो संग पछार्छन् ।

के एमाले र माओवादी केन्द्र एकीकरण गर्नु गलत थियो भन्ने प्रश्नमा अध्यक्ष ओली धन्नुभयो होईन त्यो निर्णय गलत थिएन ।

म कम्युनिष्ट पार्टीको अध्यक्ष भएका नाताले मैले कम्युनिष्ट आन्दोलन गर्ने शक्ति एक ठाउँ ल्याउन खोजेको थिएँ तर प्रचण्ड राष्ट्रको लागि भन्दा आफ्नो लागि बढी लोभिएको कारण एकता टुट्यो । प्रचण्डलाई सुधार्न कोशिस गर्नु चाहिं गल्ती भयो किनकी प्रचण्ड सुध्रिने पात्र होइनन् ।

प्रचण्डको राजनीति अब चाडैं जनतालाई छर्लङ्ग हुने नेता ओलीको दावी छ । प्रचण्डले माधव नेपालँसग मिलेर नेकपा एमाले फुटाउनेदेखि एमालेको शक्ति कमजोर बनाउन कोशिस गरे तर जनताले साथ एमालेलाई दिने केपी ओलीको विश्वास छ ।

सम्बन्धित खबरहरु