काठमाडौ । नेकपा एमाले ( CPN UML Nepal ) औपचारिक विभाजन भएको छ । तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल  नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ ।

पार्टी दर्ता भएसँगै नेता कार्यकर्ता विभाजन हुने क्रम चलिरहेको छ । विभाजन भएसंगै नेताहरू आफ्नो कित्ता क्लियर गर्न लागेका छन्।

नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता दिएसंगै माधव नेपाल पक्षधर एमालेका २० केन्द्रीय सदस्य पार्टी संस्थापन पक्षमै रहेको पाइएको छ ।

यसै क्रममा यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य ओली अर्थात् एमालेतर्फ लागेका हुन् ।

नेता नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रममा एमाले नै रोजेका छन् । कुनै सार्वजनिक पदमा नरहेकाहरु जतिबेलापनि पार्टी बदल्न सक्छन् ।

पद गमाएरपनि यसपछिपनि केन्द्रीय टोली फर्किन सक्छ भने प्रदेश र स्थानीय जनप्रतिनिधिहरु पद सुरक्षित गरेर २१ दिनभित्र पार्टी रोज्न पाउँछन् । तर लहर हेर्दा अब नेपालको पक्षमा गएकाहरु चुनाव नजिकपनि धेरै फर्किने देखिन्छ । त्यो लहर अहिले नै चलिरहेको छ ।

सर्वोच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ओली पक्षको बैठकमा नआएका नेताहरु बिहिबार केन्द्रीय कमिटी बैठकमा भने सहभागी भएका छन् । उनीहरु आफ्नो घर नै एमाले भएको दावी गर्छन ।

स्रोतले उपलव्ध गराएको सूचीअनुसार, झपट रावल, भानुभक्त जोशी, ठाकुर गैरे, राजबहादुर बूढा, रवीन्द्र अधिकारी, निरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर एमालेमै रहने भएका हुन् ।

त्यस्तै, अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्।

यसअघि मंगलबार मात्र लामो समय नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्त, गोकर्ण विष्टलगायत १० नेता एमाले पुनःस्थापनायता पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी हुँदै एमालेमा एकताबद्ध भएका छन्।

उता अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताउनुभएको थियो । आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यसो भन्नुभएको देखिन्छ ।

‘हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन्’, उहाँले भन्नुभयो, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्त्वपूर्ण पाइला चालिरहेका छौँ।’

उहाँले पूर्व एमालेमा पीडित भएका पूर्वदेखि पश्चिम महाकालीसम्मका ठूलो पङ्तिले केपी ओलीबाट विद्रोह गरेका पनि बताउनुभयो । ‘पूर्व एमालेमा पीडित भएका कार्यकर्ताहरु विद्रोह गरेर आउँछन् हामीकहाँ’, उहाँको विश्वास देखिन्छ ।

सम्बन्धित खबरहरु