काठमाडौ । नेपाली कांग्रेसका चर्चित नेता, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा जतिबेलापनि जेल जाने दावी गर्नुभएको छ ।

उहाँले उनकै कु–कर्मका कारण यस्तो अवस्था आउन लागेको खुलासा गर्नुभएको हो ।

गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा छिट्टै जेल जाने बताउनुभयो ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामाको मृत्यु प्रकरण पनि फैसला गर्न बाँकी नै छ’, नेता बस्नेतले थप भन्नुभयो, ‘उहाँ (अग्निप्रसाद सापकोटा) ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम गर्नुभएको छ ।’

यही अभियोगमा चै चाँडै जेल जाँदै हुनुहुन्छ । बस्नेतले भन्नुभयो, ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’

उहाँले भन्नुभयो, ‘अग्नि सापकोटा सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा निर्दोष थिए । उहाँकै नेतृत्वमा मारियो । त्यो मुद्धा बाँकी नै छ । नेताहरू अपराधी हुनु भएन ।’

कृष्णबहादुर महरा सभामुख रहेका बेला रोशनी शाहीसँग अभियोग लगाएपछि सभामुख पद गुमाएर दशैँको मुखमा जेलमा बस्नु परेको थियो । महराले लामो समयपछि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत ललितपुरबाट सफाइ पाएका छन् ।

सभामुख भएकै बेला सापकोटा पनि सरकारी जमीन कीर्ते गरेको काण्डमा जेल जाने भनेर कांग्रेस नेता बस्नेतले खुलासा गरेपछि माओवादीभित्र खैलाबैला भएको छ ।

सापकोटा पनि जेल गएमा माओवादीलाई सभामुख पद फाप्दैन भन्ने स्पष्ट हुनेछ । माओवादीले कहिल्यै पनि सभामुख पदमा दाबी नगरे हुनेछ । बस्नेत आफैपनि प्रधानमन्त्री शेर बहादुर देउवाको किचेन क्याविनेट मान्न सकिन्छ । यो स्थानका नेताले गरेको खुलासाले माओवादीमा ठूलै हलचल छ ।

सम्बन्धित खबरहरु