काठमाडौं । नयाँ पार्टी बनाए लगत्तै नेता माधवकुमार नेपालले देशलाई ठूलो धोका दिन लागेको रहस्य बाहिरिएको छ । उहाँ नेकपा एमालेमा रहँदा किन विदेश विभाग प्रमुख मात्रै रोज्नुहुन्छ ।

त्यति लामो समय पार्टीमा रहेरपनि संगठन विभाग लगायत अरु महत्वपूर्ण विभाग किन रोज्नुहुन्न ? भन्ने कुराको शंका आज आएर प्रमाणित भएको छ । एमालेमा नै रहँदा केही नेताहरुले आशंका त गर्नुभएको थियो ।

धर्मनिरपेक्षता समेत तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत थाहा नपाई नेता नेपालबाट नै सिँधै छिरेको आशंका त धेरैमा थियो । उहाँ विदेश विभाग प्रमुख भएर विदेश भ्रमणमा कुदिरहने नेतामा पर्नुहुन्थ्यो ।

विशेषगरी क्रिश्चियनको गढ मानिने दक्षिण कोरियादेखि आफूलाई कडा कम्युनिष्ट बताउन चाहाने उत्तर कोरियासम्म, अमेरिकादेखि युरोपसम्म नेता नेपाल नजानुभएको देश सायदै होला । कतिसम्म भने नेपालले गत वर्ष काठमाडौंमा क्रिश्चियनहरुको मुख्य कार्यक्रम गरेकोपनि सबैलाई थाहा छ ।

अहिले आएर अर्को खुलासा भएको छ । जसले निक्कै हलचल ल्याउनेछ । युनिफिकेशन चर्चमातहत सञ्चालित विवादास्पद एनजिओ ‘युनिभर्सल पिस फेडेरेसन (युपीएफ)’ मार्फत सम्मेलन गरेर विवाह गराउने र गरिसकेका जोडीलाई आर्शिवाद दिने कार्यक्रम उहाँकै छत्रछायाँमा भएको सबैलाई थाहा छ ।

यसको चाजोपाजो नेपालमा क्रिश्चियन ठेकेदार एकनाथ ढकालले मिलाउनुभएको थियो । उहाँलाई दरिलो साथ माधव नेपालको थियो । अहिले माधव नेपालले नयाँ पार्टी खोल्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सनातन धर्म संरक्षणमा सक्रिय भएका बेला प्रतिगमन भनेर नेता नेपाल छुट्टिनुको कारणपनि यही भएको कतिपयको दावी छ । अहिले आएर ओलीले धर्मनिरपेक्षता करेक्शन हुन्छ भन्नु नै नेपालको खास व्यवसायमा धक्का लाग्नु हो ।

उहाँले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि अब त्यही व्यवसायलाई मलजल गर्न थाल्नुभएको खुल्न आएको छ । दर्ता गरेकै दिनबाट माधव सनातन धर्ममा असर पुग्ने हिसाबले अघि बढेको देखियो ।

यसबाट उहाँले धर्ममा कुरा नमिलेकैले प्रतिगमन भनेर पार्टी विभाजन गरेको त होइन भन्ने आशंका केही प्रमाणित हुनजान्छ । किनभने जनभावनाविपरीत देशलाई धर्म निरपेक्ष बनाउनमा माधवको नै ठूलो भूमिका छ । जुन कुरा कोइरालाले समेत थाहा पाउन सक्नुभएको थिएन ।

विगतमा क्रिश्चियानिटी प्रवर्द्धनका लागि कानुनी रुपमै खुकुलो वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका माधवले अहिले दल फुटाएर सत्तामा पुगेलगत्तै युनिफिकेशन चर्चमातहतकै इन्टरफेथ ग्रुपलाई बोकेर अघि बढेको देखियो । यसले उहाँ पश्चिमाहरुको भरिया हो भन्ने प्रमाणित गरिदियो ।

युनिफिकेशन चर्चको इन्टरफेथ ग्रुपलाई पशुपति क्षेत्र विकास कोषमा प्रवेश गराएर हिन्दुहरुको प्रमुख धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा उहाँले नराम्ररी हस्तक्षेप पुर्याउने रणनीति माधवको नै रहेको देखियो । त्यसै पनि क्रिश्चियनहरुले हिन्दुहरुको पवित्र स्थल पशुपति क्षेत्रमा अन्तिम संस्कार गरे अपमान गरेको विषय चिन्ता बनिरहेका बेला ।

विश्व हिन्दु महासंघको पहलमा सर्वोच्च अदालतबाट स्टे अर्डर ल्याएर रोकिएको छ । यस्तो बेला माधव नेपालले पशुपति क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी तथा सदस्य पदमा क्रिश्चियन गतिविधिमा संलग्न संस्था इन्टरफेथ ग्रुपका मानिसहरुलाई नियुक्त गर्न सिफारिस गरेको खुल्न आएको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई सरकारमा सहभागी हुन मन्त्री पदभन्दा पनि कोषको सदस्यमा उहाँले जोड दिँदा नेपाली कांग्रेस बृत्त नै चकित बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतका अनुसार नवगठित समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सञ्चालन गर्दै आएको इन्टरफेथ ग्रुपका मानिसहरुलाई कोषमा राख्न दबाब दिइएको छ ।

सत्ता निर्माणमा महत्वपूर्ण भूमिका खेलेका माधवको यो मागसामु प्रधानमन्त्री निरीह बनेको स्रोतको दावी छ । माधवले कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान लिएपछि उहाँको यसमा के स्वार्थ छ भन्दै नजिकबाट बुझ्न प्रधानमन्त्री देउवाले कांग्रेसका विश्वासपात्र खटाउनुभएको थियो ।

यो सबै बुझ्दा नेपालको निक्कै ठूलो रणनीति रहेको देखिन्छ । एकमात्र हिन्दु राष्ट्र भारतलाई समेत पशुपतिनाथबाट नै चेतवानी दिने नेपालको रणनीति बुझिएको भन्दै भारतले समेत भारतीय दुतावास मार्फत आपत्ति जनाएको छ । हाम्रो आस्थाको धरोहर बचाउन प्रधानमन्त्री देउवाले खुट्टा कमाउनु हुन्न अन्यथा नेपाली जनताले हिसाब लिनेछन् ।

सम्बन्धित खबरहरु