काठमाडौं । प्रेमी प्रेमीकाहरु आफूहरुबीचका सामाजिक घेरालाई तोड्न होटलमा जाने गर्छन् । त्यहाँ के हुन्छ सबैले अनुमान लगाउन सकिन्छ ।

त्यही घेरा तोडिएको क्षणमा सबैलाई डरपनि हुन्छ की कतै बच्चा जन्मिने पो हो की । विवाह नगरी बच्चा जन्माउने कल्पना गर्न सकिन्न । यसैले बच्चा जन्मन नियन्त्रण गर्ने उपाय सबैले खोज्छन् ।

तर एउटा घटना अनौठो भयो । सलमान आफ्नी प्रेमीकासँग होटल गए । उनले बच्चा नियन्त्रकको अनौठो उपाय सोचे । जन्म नियन्त्रक प्रयोग गर्न नजान्दा उनले ज्यान गुमाएको अनौठो घटना बाहिर आएको छ ।

गुजरातमा एक पुरुषले बजारमा पाइने जन्म नियन्त्रकको सट्टा वाटरप्रूफ सुपर ग्लुको प्रयोग गरेर, त्यसपछि उनको मृत्यु भयो ।

अहमदाबादको फतेवाडी निवासी सलमान मिर्जाले आफ्नी प्रेमीकासँग होटलमा सामाजिक घेरा तोड्ने क्रममा जीवन गुमाउनु परेको हो ।

बजारमा पाउने जन्म नियन्त्रकको सट्टा सुपरग्लु प्रयोग गरेका कारण उनको मृत्यु भएको एक सनसनीपूर्ण घटना बाहिर आएको छ । आफ्नी प्रेमीका उनले जन्म नियन्त्रक बन्न सक्ने ठानेर सुपर ग्लु लगाएका थिए ।

प्रहरीका अनुसार आफ्नो साथमा जन्म नियन्त्रक कुनैपनि साधन नभएपछि उनले ग्लुको प्रयोग गरेका थिए । जसकारण उनको मृत्यु भयो । प्रहरीका अनुसार मृतक करिब २५ सलमान मिर्जा हुन् । उनले पसलमा किन्न जान लाज माने । तर त्यही मृत्युको कारण बन्यो ।

उनी आफ्नी प्रमीकासँग होटल गएका थिए । सो क्रममा उनले जन्म नियन्त्रकको सट्टा वाटरप्रूफ सुपर ग्लु प्रयोग गरेका थिए । वाटरप्रूफ सुपर ग्लु सामान्यतया धातु, गिलास र ठोस चीजहरुलाई जोड्नको लागि प्रयोग गरीन्छ । त्यसपछि के भयो अनुमान त पक्कै लगाउन सकिन्छ ।

त्यस घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक सीसीटीभी फुटेज पनि फेला पारेको छ । फुटेजमा सलमान मिर्जा आफ्नी प्रमीकासंग होटलमा प्रवेश गरेको देखिएको छ । यो फुटेज जुन २२ को हो ।

भोलिपल्ट अर्थात जून २३ मा होटलबाट उनलाई जटिल अवस्थामा निक्लेको पनि देख्न सकिन्छ । प्रहरीका अनुसार उनी होटलबाट सिधै अस्पताल गएका थिए ।

अस्पताल पुगेपछि उनको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका छन् । डीसीपी प्रेमसुख डेलुका अनुसार मृतकको परीक्षणको लागि पठाइएको छ ।

प्रहरी रिपोर्ट पर्खिरहेको छ । सलमान परिवारमा कमाउने उनी एकमात्र व्यक्ति थिए । उनका बुढा बुबा आमा र दुई बहिनीहरु छन् । अहिले सिंगो परिवार शोकमा डुबेको छ ।

सम्बन्धित खबरहरु