काठमाडौ । अफगानिस्तानमाथी चीनले नजर लगाएको छ । अफगानिस्तानको काबुल विभानस्थल बाहिर भएको हमलाबारे विश्व शक्तिशाली देश चीनले कडा प्रतिक्रिया दिएको हो ।

अमेरिकी सैनिकसहित सय भन्दा बढी नागरिकको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा चीनले घटनाको निन्दा गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमित पत्रकार सम्मेलन घटनाले चीन स्तब्ध भएको बताए । घटनाले अफगानिस्ताको कमजोर सुरक्षा अवस्था दर्शाएको चीनको भनाई थियो ।

चीनले सांकेतिक रुपमा अमेरिकी सैन्य नेतृत्वमा कमजोर सुरक्षा काबुलमा देखिएको उल्लेख गरेको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको हमलामा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । यो घटनाको विश्वभरी नै निन्दा भइरहेको छ । विश्वभरीका मानिस रहेको विमानस्थल नजिक भएको घटनामा धेरैको डरको विषय बनेको छ ।

सम्बन्धित खबरहरु