काठमाडौ । यदी तपाई साउदी अरबमा हुनुहुन्छ । त्यहाँको जागिरपनि ठिकै छ भने तपाई किन कार चढेर नहिँड्ने ?

नेपालमा ३७ लाख पर्ने निशानको लग्जरी कार समेत त्यहाँ साढे १३ लाख नेपाली रुपैयामा पाईन्छ ।

त्यहाँको मुद्रा साउदी रियल ४३ हजार ८ सय ७५ मा नै त्यहाँ कार किन्न पाइन्छ । निशानको सन्नी एस मोडल त्यहाँ सबैभन्दा बढी बिक्रि हुने कार हो । यो लग्जरी कारमा पर्दछ । यो १४९८ सीसीको शक्तिशाली कार हो ।

१७८ किलोमिटर प्रति घण्टासम्मको गति यसमा छ । ६ दशमलव ५ मिटर घुम्नका लागि स्पेशको जरुरत पर्दछ । यो एकदमै आरामदायी कार हो । साउदीमा सेकेण्ड ह्याण्डमा किनबेचपनि चाँडै हुन्छ ।

तपाईले चाहेमा मात्र ३ लाखमा त्यहाँ चलाउन पाउने राम्रो कण्डिशनको कार पाईन्छ । ठिकै कमाई भएका नेपालीका लागि यो अति नै उपयुक्त हुनेछ ।

 

सम्बन्धित खबरहरु