नवलपुर । पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार फेला परेको हो ।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि शनिबार ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । उनीहरुको उद्धारमा नेपाल प्रहरी र स्थानीय खटिएका थिए ।

 

सम्बन्धित खबरहरु