एजेन्सी । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही सातादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ ।

स्वास्थ्य विभागका अनुसार केही सातादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट) को समेत लक्षण देखिएको छ ।

यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट कोरीया पुगेका नागरिकसमेत रहेको बताइएको छ । कोरियामा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको संख्या दुई हजार ६३ छ ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च रहेको अधिकारीहरु बतायँछन् ।

सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुईजनाभन्दा बढी भेला हुनसमेत बन्देज गरेको छ ।

सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेपछि यसले महामारीको रूप लिन थालेकोछ । पछिल्लो समय अस्पतालमा आइसियु शय्यासमेत अभाव हुन थालेको छ ।

सम्बन्धित खबरहरु