काठमाडौं । बलपूर्वक सम्बन्ध राखेको आरोप लगाएका व्यक्तिसँग एक महिलाले विवाह गरेकी छिन् । बुधवार, एसएसपी फोटोग्राफी कक्षमा तैनाथ प्रहरी जवान पंकज यादवविरुद्ध लागेको आरोपमा एक नयाँ मोड़ आयो ।

भएको के भने उनीविरुद्ध रिपोर्ट लेख्ने महिला प्रहरी र पंकजको शनिबार आर्य समाज मन्दिरमा बिहे भयो । उनको विवाहको फोटो पनि भाइरल हुँदैछन् ।

प्रहरीका अनुसार ती महिला प्रहरीको १६४ अन्तर्गत बयान लिइनेछ । त्यसपछि मात्र एफआर दर्ता हुनेछ । केहि दिन पहिले, पासपोर्ट कक्षमा तैनाथ एक महिला प्रहरी जवानले कर्नलगञ्ज प्रहरी चौकीमा एसएसपीको फोटोग्राफी कक्षमा तैनाथ प्रहरी जवान पञ्कज यादवबिरुद्ध बलपूर्वक सम्बन्धका लागि दवाव गरेको रिपोर्ट दर्ता गराएकी थिइन् ।

उनले लगाएको आरोप अनुसार पञ्कजले उनीसँग मित्रता बनाएर घर जान थालेका थिए । एक दिन पञ्कजले प्रहरी क्वार्टरमा केहि पदार्थ मिसाएको चिसो पेय पर्दाथ पिलाएर बल गरेका हुन् ।

ति महिलाले भिडियो पनि बनाएको आरोप लगाएकी थिइन् । घटनापछि जब पञ्कजले विवाहको वचन दिए, उनी चुप लागेर बसिन् । उजुरीका अनुसार पछि पञ्कजले बिहे गर्न इन्कार गर्न थालेका थिए ।

महिला प्रहरीले धेरै प्रयास गरे पनि पञ्कज सहमत भएनन् । त्यसपछि महिलाले बल गरेकोसहित विभिन्न धाराहरु अन्तर्गत कर्नलगन्ज थानामा उजुरी दर्ता गरिन् । त्यसपछि पञ्कज भागेका थिए ।

प्रहरी उनको पुर्खा घर गाजीपुर पनि गयो तर उनको बारेमा केहि पत्ता लागेन् । त्यो बीचमा बुधवार महिला प्रहरी र पञ्कजको विवाहको फोटो भाइरल भयो ।

त्यसपछि उनीहरु दुबैले आज चौकीस्थित रहेको आर्य समाज मन्दिरमा बिहे सम्पन्न गरेका हुन् । महिला प्रहरी र पञ्कजले अहिलेसम्म कुनै बयान दिएका छैनन् ।

अर्कोतर्फ कर्नलगन्ज चौकीका प्रहरी निरीक्षक सुरेश सिंहले विवाह एफआईआरमा कुनै फरक नपर्ने बनाएका छन् ।

बिहीबार १६४ अन्तर्गत महिला प्रहरीको बयान लिइनेछ । यदि उनले पञ्कजको पक्षमा बयान दिइने भने एफआर दर्ता गरेर अनुसन्धान थाल्ने प्रहरीको तयारी रहेको छ ।

सम्बन्धित खबरहरु