काठमाडौं । अफगानिस्तानबाट निस्केर अमेरिका चीन नजिक जाने देखिएको छ । अमेरिकी नौसेनाका युद्धपोत ताइवानको नजिकबाट गुज्रिएपछि चीन रिसाएको हो ।

बेइजिङले यो कदमलाई गलत कार्य र अमेरिकालाई क्षेत्रीय शान्ति र सुरक्षाको लागि ठूलो खतरा भनेको हो छ ।

अमेरिकाका दुई युद्धपोत शुक्रवार ताइवान स्ट्रेट हुँदै गएका थिँए । उनीहरु मध्ये एक अमेरिकी नौसेनाको युद्धपोत युएसएस किड र अर्को कोस्ट गार्ड जहाज मुनरो रहेको बताइएको छ ।

अमेरिकी नौसेनाले उसका जहाजहरु ताइवान स्ट्रेटमा अन्तर्राष्ट्रिय पानीको माध्यमबाट पारित भएको जवाफ फर्काएको हो ।

चीनले ताइवानलाई आफ्नो द्वीप क्षेत्र मान्दछ । चीनले क्षेत्र लिने दवाव पनि दिएको छ । चिनियाँ रक्षा मन्त्रालयले शनिबार आफ्नो वेबसाइटमा एक बयान जारी गर्दै भन्यो, ‘हामी कडा विरोध र कडा निन्दा गर्दछौं ।’

मन्त्रालयले भन्यो, ‘अमेरिका १६० किलोमिटर ताइवान स्ट्रेटको शान्ति, स्थिरता र सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा हो ।’

चीन अमेरिकाको यस्तो कदमहरुलाई एक चुनौतीको रूपमा लिन्छ । अमेरिकाले हालै ताइवान नजिक सैन्य अभ्यास गरेको थियो । हालैका वर्षहरुमा अमेरिकाले ताइवानसंग धेरै प्रमुख रक्षा सम्झौताहरुमा हस्ताक्षर गरेको छ ।

यसबाट चीन आक्रोशित छ । केहि दिन पहिले, ताइवानका विदेश मन्त्री जोसेफ वूले भने कि चीन तालिबान जस्तै आफ्नो देश लैजान चाहान्छ भनेर बयान दिएका थिए ।

चीनले लामो समयदेखि ताइवानलाई चीनको हिस्सा बनाउने मन बनाइरहेको छ । अफगानिस्तानको अमेरिका समर्थित सरकारको द्रुत पतनपछि, ताइवान लिने चीनको सोचका बारेमा बहस भइरहेको छ ।

चिनियाँ सञ्चारमाध्यमले काबुल हेरेर ताइवानले अब अमेरिकामाथि भरोसा गर्न सक्दैन भन्ने विचार व्यक्त गर्दै आएका छन् ।

सम्बन्धित खबरहरु