काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशकैं समस्या भएको बताउनु भएको छ ।

एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो । २०७४ सालमा प्रचण्डसँग गठबन्धन गर्नु आवश्यक्ता भएको पनि ओलीले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हो त्यतिबेला आवश्यक थियो । मैले कम्युनिष्ट आन्दोलनलाई एकजुट गर्नु कम्युनिष्ट नेताको हिसाबले, कम्युनिष्ट अध्यक्षको हिसाबले, पार्टीको अध्यक्षको हिसाबले, प्रमुख पार्टीको नेताको हिसाबले कम्युनिष्ट आन्दोलनलाई नजिक्याउनु र एकजुट बनाउन आवश्यक थियो ।

त्यसकारण मैले गरे’ तर केही मान्छेहरुले त्यो कुरा देख्न नसकेको, पचाउन नसकेको तर्क गर्दै ओलीले प्रचण्ड देशकै समस्या भएको जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्ड भनेको देशकै समस्या हो ।

राष्ट्रकै समस्या हो ।’ अहिले प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डको साथ पाएर फुरफुर भएको पनि उहाँको बुझाई रहेको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले विगतमा प्रचण्डद्धारा नेपाली कांग्रेसका सयौं कार्यकर्ता मारिएको, हजारौं अंगभंग गराएको कुरा प्रधानमन्त्रीको कुर्सीका लागि बिर्सेको पनि आरोप लगाउनुभयो ।

 

सम्बन्धित खबरहरु