काठमाडौं । विवाहमा सामान्यतया ५ देखि १० वर्षको उमेर अन्तर देख्न पाइन्छ । तर विश्वमा हरेक दिन पत्याउन गाह्रो पर्ने घटनाहरु पनि देखिन्छन् ।

आज हामी त्यसका बारेमा चर्चा गर्न गइरहेका छौं । भारत, उत्तर प्रदेशको इटावा जिल्लामा विवाहको एक आश्चर्यजनक खबर बाहिर आएको हो ।

त्यहाँ एक युवकको विवाहमा जे भयो, त्यसले सबैलाई हैरान बनायो । जानकारी अनुसार जब विवाह पक्का भया, केटीपक्षका मानिसहरुले केटालाई २० बर्षकी केटी देखाए ।

एक अर्कालाई देखेपछि केटा र केटी बिहे गर्न राजी भए । दुबै तर्फबाट विवाहको रीतिरिवाज शुरू भयो । विवाह मन्दिरमा हुनुपर्ने थियो । विवाहको दिन केटा पक्षका परिवारका सदस्यहरु र आफन्तहरु मन्दिर पुगेका थिए ।

दुलही सात फेरा भन्दा पहिले आएपछि, दुलहाको होश उड्यो । विवाहको दिन पहिले देखाएकी केटी मन्दिरमा थिइनन् ।

सात फेरा लिने बेलामा २० वर्षीया युवती नभई अरू नै आइन् । विवाहको दिन दुई बच्चाहरुकी आमा आएकी हुन् । यो देखेर, दुलहा तुरुन्तै विवाह गर्न अस्वीकार गरेर सिधै प्रहरी चौकी पुगेको बताइएको छ ।

घटना इटावा जिल्लाको सिभिल लाइन्स प्रहरी चौकी क्षेत्रको एक गाउँसंग सम्बन्धित छ । त्यहाँ बस्ने एक युवकले उनलाई सिभिल लाइन्स प्रहरी चौकी पुगेर ठगी गरेको आरोप लगाएका छन् ।

उनले भने कि उनी अविवाहित छन्, नजिकैको गाउँ कश्का नागलाका केहि मानिसहरु उनको घरमा पुगेर बिहेको प्रस्ताव गरेका थिए । त्यसमा उनी सहमत भएर १९ अगस्तमा २० वर्षीया युवतीलाई नीलकण्ठ मन्दिरमा देखाइयो । केटा र केटी पनि एक अर्कालाई मन पराएका थिए ।

२० वर्षीया केटीलाई देखेर उनी बिहे गर्न तयार भएका थिए । केटी पक्षले विवाहमा खर्चको नाममा केटा पक्षबाट भारु ३५ हजार रुपैयाँ पनि लिए । विवाह शुक्रबार काली माता मन्दिर विजयपुरामा हुने तय भएको थियो ।

दुलहा आफ्नो परिवार र आफन्तहरुसंग विवाहको लागि पुग्यो र केटीको पक्ष पनि आयो । तर विवाह सुरु हुनु भन्दा पहिले जे भयो त्यसले सबैलाई स्तब्ध बनायो । विवाह भन्दा पहिले २० वर्षीया केटीलाई देखाइएको थियो ।

तर विवाहको दिन जसलाई मन्दिरमा ल्याईयो, उनी २० बर्षीया नभई ५० बर्षकी महिला थिइन् । एक ५० वर्षीया महिलासँग बिहे गर्नुपर्ने खबरले दुलाहा स्तब्ध भए ।

उनले आफूलाई धोका दिएको भन्दै विवाह गर्न अस्वीकार गरेका हुन् । जब केटा पक्षले केटी पक्षलाई दिने ३५ हजार रुपैयाँ मागे त्यसपछि झनै लफडा भयो । पीडितले यसबारे प्रहरी चौकीमा उजुरी दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।

 

सम्बन्धित खबरहरु