काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरूरी सूचना जारी गरिएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय महाराजगंज, काठमाडौंले आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयको लागि मुख्य कार्यालय सहायक (सेक्रेटरी) करार सेवामा पदपूर्ति गर्न मिति २०७८।४।१७ मा प्रकाशित सूचना वमोजिम आवेदन दिने उम्मेदवारहरुको लिखित परीक्षामा कूनै पनि उम्मेदवार उत्तिर्ण नभएको हुंदा उक्त पदको लागि पुनः सूचना प्रकाशन गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले देहाय वमोजिम हुने गरी आवेदन पेश गर्नु हुन आव्हान गरिन्छ ।

विस्तृत जानकारीका लागि यस डीनको कार्यालयको वेवसाइटमा उपलव्ध रहेको र थप जानकारीको लागि यस कार्यालयको कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।’

सम्बन्धित खबरहरु