काठमाडौं । सिटिइभिटी का प्राविधिक विषयहरुमा भर्ना खुलेको छ ।

‘रोजगारीका लागि आजै देखि साचौं, एसईईपछि नै प्राविधिक शिक्षा रोजौं’ भन्ने नारासहित सिटिइभिटीबाट सम्बन्धन प्राप्त निम्न लिखित शैक्षिक संस्थानहरुमा एसईई उर्तिण विद्यार्थीहरुका लागि छात्रवृतिसहित भर्ना खुलेको हो ।

न्युनतम शैक्षिक योग्यता स्वास्थ्यतर्फ एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्युनतम सी ग्रेड प्राप्त गरी समग्र ग्रेड जिपीए न्युनतम २ भएको हुनुपर्छ ।

इन्जिनियरिङ्गतर्फ एसईई परीक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्युनतम सी ग्रेड र अंग्रेजी विषयमा न्यूनतम डी प्लस ग्रेड प्राप्त हुनुपर्ने छ । आवेदन फराम भर्दा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउनु पर्नेछ ।

फारम भर्ने अन्तिम मिति डिप्लोमा २०७८ भाद्र १८ गतेसम्म रहेको छ भने प्रि डिप्लोमा २०७८ भाद्र सम्म रहेको छ । साथै भर्ना भर्ना तथा अन्य जानकारीका लागी सम्बन्धित कलेजहरुमा सम्पर्क गर्नु पर्नेछ ।

सम्बन्धित खबरहरु