काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरेर झन्डै साढे २ महिनापछि स्वदेश फर्किन लाग्नु भएको छ । गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली जानु भएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने जनाइएको हो ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि भोलि (सोमबार) दिउँसो स्वदेश फर्किन लाग्नु भएको हो । खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सुरूमा थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा भर्ना हुनु भएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो । खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँ दिल्लीबाटै उहाँले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु