काठमाडौं । विश्व अहिले तालिबानका पछि लागेको छ । भारतीय सञ्चारमाध्यमहरु पनि दैनिक तालिबानी शासनबारे बहस गरिरहेका हुन्छन् ।

तर भारतमा नै तालिबान भन्दा धेरै सोच्नै नसक्ने घटनाहरु बाहिर आउन थालेका छन् । भारत, मध्यप्रदेशको नीमचमा एक आदिवासी मानिसलाई पिकअपमा भ्यानमा एकसाथ लगार्दै लगियो ।

त्यसपछि अस्पताल लगिएका ति व्यक्तिको मृत्यु भयो । अभियुक्तले  त्यसपछि त्यसको एउटा भिडियो पनि बनाएर भाइरल गराए ।

यस घटनामा प्रहरीले ४ जना अभियुक्तहरुलाई पहिचान गरेको छ । जानकारी अनुसार ४ जना अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुबिरुद्ध एससी/एसटी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

घटना नीमच जिल्लाको सिङ्गोली प्रहरी चौकी क्षेत्रको हो । कान्हा उर्फ ​​कन्हैया भील बाँदाका निवासी थिए । चोरीको आशंकामा केही मानिसहरुले उनलाई नराम्रोसँग खनिए, त्यसपछि खुट्टा पिकअप भ्यानको पछाडि पारेर लगार्दै केही मिटर लगेका हुन् ।

अभियुक्तहरु रोकिएनन् । उनीहरु खुट्टा खोलेर पुनः थाले । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा देख्न सकिन्छ कि कन्हैया भिल ति अपराधीहरुसँग हात जोड्दै छन् । तर उनीहरुले थोरै पनि दया गरेका छैनन् ।

प्रहरीका अनुसार भिडियो बनाएका व्यक्तिहरुले नै त्यस्तो अमानविय हर्कत गरेका हुन् । नीमच एसपी सुरज वर्माले ८ जनाबिरुद्ध एससी/एसटी ऐन अन्तर्गत उजुरी दर्ता गर्न आदेश दिएका छन् । पक्राउ परेका मुख्य अभियुक्त महेन्द्र गुर्जरकी श्रीमती सरपन्च भएको पनि खुल्न आएको छ ।

अतिरिक्त एसपी नीमच सुन्दर सिंह कनेशले भने, ‘१०० मा एक चोर समातिएको छ, जो घाइते छन् भन्ने जानकारी आएको थियो । उस्लाई अस्पताल लगिएको थियो । सिंगोली प्रहरी घटनास्थल पुगेर उनलाई अस्पताल भर्ना गरेको हो ।

अस्पतालमा उनको मृत्यु भयो । त्यसपछि पत्ता लाग्यो कि एक भिडियो पनि भाइरल भएको थियो । भिडियोबाट जानकारी प्राप्त भयो कि कन्हैया लाल भिललाई एक पिकअप गाडीको पछाडि थियो ।

अन्य धाराहरु पनि लगाइएको छ । ८ जना अभियुक्तहरुको पहिचान भइसकेको छ । जसमध्ये चार जनालाई राउन्डअप (पक्राउ) गरिएको छ । घटनामा प्रयोग भएको पिकअप भ्यान जफत गरिएको छ । पक्राउ पर्नेमा एक सरपन्च पति महेन्द्र गुर्जर पनि छन् । अन्य अभियुक्तहरुको खोजी भइरहेको छ । छिट्टै अभियुक्त पक्राउ पर्नेछन् ।’

यस घटनाको घटनाबारे मध्य प्रदेशका पूर्व मुख्यमन्त्री कमलनाथले ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मध्य प्रदेशमा के भइरहेको छ ? नीमच जिल्लाको सिङ्गोलीमा कन्हैयालाल भिल नामको एक आदिवासी व्यक्तिमाथि धेरै अमानवीय व्यवहार गरिएको घटना बाहिर आएको छ ।

सम्बन्धित खबरहरु