काठमाडौं । विश्व अहिले अफगानिस्तानलाई लिएर तनावमा छ । अफगानिस्तानमा तालिबान शक्तिमा आएपछि स्थिति बिग्रँदै गएको भन्दै विश्व चिन्तामा परेको हो ।

काबुल विमानस्थलमा गत बिहीबार भएका घटनामा २०० भन्दा धेरैको मृत्यु भैसकेको छ ।

सयौंको संख्यामा घाइते पनि भएका छन् । त्यस घटनापछि धेरै देशहरुले आफ्ना नागरिक लैजाने कार्यक्रम सकिएको घोषणा गरेका छन् ।

तर अमेरिकासहित अन्य केहि देशहरुको अभियान अहिले पनि जारी रहेको छ । यस बीचमा आज (आइतबार) राजधानी काबुलमा अर्को डरलाग्दो घटना भएको छ ।

घटना भएको ठाउँबाट धुवाँको मुस्लो बाहिर आएको छ । घटनापछि आएको आवाज यति ठूलो थियो कि वरपरका मानिसहरु त्रासमा रहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन ( joe biden ) ले आइतबार पुनः घटना घट्न सक्ने चेतावनी दिएका थिए । आज भएको घटनामा भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।

सम्बन्धित खबरहरु