काठमाडौँ । हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुने गर्छ ।

ॐ को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । ॐ ( ओम् ) उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ ।

यसले धेरै विरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

हरेक दिन ॐ को उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ । ॐ को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।

यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ । ॐ मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ ।

यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ । ॐ को उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।

दैनिक ॐ को जप गर्दा ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन सहयोग गर्छ ।

ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ । ॐ भित्र देवताकापनि देवताहरुको वास छ । यसैले जीवनमा आमुल परिवर्तन आउँछ । भगवानको कृपा तपाईमाथी जहिलै हुन्छ । यसैले ॐ उच्चारणसँगै कमेण्टमा गर्नुहोस् ।

सम्बन्धित खबरहरु