काठमाडौं । विश्व तालिबान ( Taliban ) लाई मान्यता दिने सोचमा रहेको खुलेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी) ले काबुल विमानस्थलमा भएको घटना सम्बन्धमा आफ्नो बयान जारी गरेको छ ।

काउन्सिलले यस बयानबाट तालिबानको नाम हटाएको छ । पहिले, जब तालिबानले काबुल आफ्नो हातमा लिएको थियो, त्यसबेला तालिबानको लागि यूएनएससीले दिएको दृष्टिकोण अहिलेको बयानमा परिवर्तन भएको हो ।

यसरी हेर्दा विश्व तालिबानलाई स्विकार गर्ने बाटोमा भएको अनुमान गर्न थालिएको छ । १६ अगस्टमा जारी एक वक्तव्यमा सुरक्षा परिषदले चेतावनी दिदैँ तालिबान, अफगान समूह र कुनै व्यक्तिले कुनै अन्य देशमा उपस्थित चरमपन्थी संगठनहरुलाई सहयोग गर्न नहुने उल्लेख गरेको थियो ।

अब काउन्सिलले नयाँ बयानबाट तालिबानको नाम हटाइएको छ । काबुल विमानस्थलमा भएको घटनापछि सुरक्षा परिषद्ले एक बयान जारी गर्दै कुनै अफगान समूहले देशमा चरमपन्थी नियन्त्रण बढाउन सहयोग गर्न नहुने उल्लेख गरेको हो ।

भारतले यो बयानमा हस्ताक्षर गर्दै जारी गरेको छ । भारत एक महिनाको लागि १ अगस्टमा संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष बनेको थियो । सैयद अकबरुद्दीन, जो गत बर्ष अप्रिलसम्म संयुक्त राष्ट्र संघमा भारतको स्थायी प्रतिनिधि थिए, सुरक्षा परिषद को बयानमा फरक औंल्याएका हुन् ।

१ अगस्तमा, जब भारतीय विदेश मन्त्री डा. एस जयशंकरलाई सोधियो कि उनी तालिबानी शासनलाई कसरी देख्छन् ?

त्यसको सामना कसरी गर्ने ? भन्ने प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले तालिबान सरकार अझै प्रारम्भिक चरणमा भएको भन्दै अहिले भारतको लक्ष्य सुरक्षा सुनिश्चित गर्नु हो भनेका थिए ।

अफगानिस्तानमा भएका भारतीयहरुको उद्धार भारत सरकारको मुख्य उदेश्य रहेको उनको भनाई थियो । भारतले काबुलबाट आफ्ना कुटनीतिज्ञलाई पहिले नै निकालेको थियो । गत साता तालिबानले अफगानिस्तानमा रहेका दुई भारतीय वाणिज्य दूतावासमा छापा मारेको थियो ।

 

सम्बन्धित खबरहरु