काठमाडौं । काबुल विमानस्थल बाहिर रकेट प्रयोग गरेर गराईएको घटनामा निक्कै ठूलो क्षति भएको छ ।

गत हप्ता आईएसआईएस–केले गराएको घटनामा थप हुनसक्ने विश्वसनीय चेतावनीपछि अमेरिकी दूतावासले सबै कर्मचारीहरुलाई विमानस्थल छोड्न आदेश दिएको केही घण्टा पछि आइतबार काबुलमा अर्को घटना घटेको हो ।

एक सुरक्षा अधिकारीले एएफपीलाई बताए अनुसार काबुलमा रकेटद्धारा गरिएको उक्त घटना निक्कै भयावह छ । प्रारम्भिक जानकारी अनुसार हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थल ( hamid karzai international airport ) को पश्चिममा रहेको खाजेह बागरा क्षेत्रमा रहेको एउटा घरमा रकेट खसेको हो ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका एक स्रोतले बीबीसीलाई घटना विमानस्थल नजिकै भएको जानकारी दिएका छन् । मानविय क्षति के कति भयो कुनै जानकारी आइसकेको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि विमानस्थलमा अर्को चरमपन्थीले घटना गराउन सक्ने चेतावनी दिएका थिए । गएको बिहीबार मध्य एसियाली देशहरुमा कार्यरत इस्लामिक चरमपन्थी समूह आईएसआईएस–केले काबुल विमानस्थलमा गराएको घटनामा १३ अमेरिकी सैनिक र सयौं अफगान नागरिकको मृत्यु भएको थियो ।

त्यसपछि पेन्टागनले पूर्वी अफगानिस्तानमा एक अमेरिकी ड्रोन मिशनले इस्लामिक स्टेट समूहको अफगानिस्तान सम्बद्ध दुई जना सदस्यलाई सँधैका लागि सिध्याएको दावा गरेको थियो ।

विमानस्थलमा भएको घटनाको बदलामा अमेरिकाले शनिबार बिहान चरमपन्थी समुहलाई जवाफ फर्काएको थियो । बाइडेनले कसैलाई पनि माफ नगर्ने भन्दै चेतावनी दिएको एक दिनपछि अमेरिकी सेनाले जवाफ फर्काएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिका अन्य देशहरुमा ठूलो संख्यमा स्थायी उपस्थिति बिना चरमपन्थीलाई दबाउन सक्षम भएको उल्लेख गरेका थिए । अब अमेरिकाले अफगानिस्तानमा पनि सोही अनुसार काम गर्दै अगाडि बढ्ने भएको छ ।

३१ अगस्टपछि अमेरिकी सेना स्थायी रूपमा अफगानिस्तानमा बस्ने छैन । तर तालिबानलाई सहयोग गरेर अफगानिस्तानमा रहेका चरमपन्थीविरुद्ध कारबाही जारी राख्ने छ ।

आईएसको घटना गराउने सम्भावनालाई लिएर तनाव बढ्दै जाँदा अमेरिकीहरुको निकासी अघि बढेको छ । राज्य विभागले आइतबार बिहान एउटा नयाँ सुरक्षा अलर्ट जारी गरी मानिसहरुलाई विश्वसनीय घटना हुनसक्ने भएका कारण तुरुन्तै विमानस्थल क्षेत्र छोड्न निर्देशन दिएको थियो ।

 

सम्बन्धित खबरहरु