काठमाडौ । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेता बनेसँगै माधवकुमार नेपालले सत्ता सञ्चालन र भागवण्डा बारे गर्नुभएको छलफलमा नै धोका पाउनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका भएको भन्दै उहाँ निरास बनेर फर्किनुभएको एक नेताले जानकारी दिनुभयो ।

उहाँहरुबीच आज भेटवार्ता भएको थियो वार्तामा आजदेखि अर्कै कुरा हुन थालेको भन्दै नेपाल निरास बनेर आफू निकट नेतालाई बृफिङ्ग गर्नुभएको श्रोतको दावी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

आफ्नो पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल गर्न नेता नेपाल बालुवाटार पुग्नुभएको थियो ।

पार्टी विभाजन अघि नेता नेपाललाई तपाई कै कारण सरकार बनेको हो । माओवादीको भन्दा माथिल्लो हैसियतमा सरकारमा तपाईहरु सहभागी हुनुहोस् भने उचालिएको तर पार्टी विभाजनपछि त्यो स्थान नदिइएको बुझ्न आएको छ । उहाँ आज भागबण्डामा कुरा नमिल्दा निरास बन्नुभएको हो । भेटमा पनि धेरैले मन्त्री हुन चाहेको भन्दै नेपाल निरास बन्नुभएको स्रोतले बताएको छ ।

माधव कुमार नेपाल भेटवार्ताको सुरुदेखि नै धेरै नेताले मन्त्री नपाएकै भरमा छाडेर जाने भन्दै निरास बन्नुभएको हो । उहाँले यो अध्यादेश सक्रिय नै रहेको अवस्थामा मेरा सांसदहरु फेरीपनि पार्टी विभाजन गरेर एमालेमा नै फर्किनु हुनेछ ।

यसैले अहिले नै सरकार नबनाऔँ । अब यो अध्यादेश निश्क्रिय बनेपछि मात्रै मन्त्रीमण्डल विस्तार गरौँ । उहाँको हारगुहार थियो श्रोतले बतायो ।

कांग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्रीले लिनुभएको शपथका दिन नै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आउनुभएको छ । अहिलेसम्म मन्त्रीमण्डल विस्तार हुन सकेको छैन ।

 

सम्बन्धित खबरहरु