मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला, तर साँझमा पैसा हात पर्नसक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको लगानीले लाभ मिल्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारको लगानीले लाभ नै हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।

सम्बन्धित खबरहरु