काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा ( gagan thapa  ) ले महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।

उहाँले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको हो । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभयो ।

थापा सोही वडाका स्थायी बासिन्दा हुनुहुन्छ । आज १४औं महाधिवेशनको प्रारम्भमा रहेको भन्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।

यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन ।’

नेता थापाले बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार दिनु भएको थियो ।

उहाँसँगै अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा हुनुहुन्थयो । तर महामन्त्रीमा शशांक कोइराला विजयी हुनुभयो । कोइराला यस पटक सभापतिमा उठ्न लाग्नु भएको छ ।

यहाँहरुलाई स्मरण गराऔँ केसी र थापा ससुरा जुवाई हुनुहुन्थ्यो । राजनीतिमा आफन्त नभनी प्रतिस्पर्धामा उत्रिने उहाँले आफूलाई जिताउन नेता कार्यकर्तामा अपिल गर्नुभएको छ ।

सम्बन्धित खबरहरु