काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ( corona update nepal ) भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिए ।

पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।

हाल सक्रिय संक्रमित ३५ हजार ८७४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।

सम्बन्धित खबरहरु