काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ( ishwar pokharel ) ले पार्टी अध्यक्षमा अब आफ्नो दावी रहने स्पष्ट पार्नुभएको छ ।

उहाँले अब पार्टीमा आफू योग्य रहेकाले दावी रहने स्पष्ट पार्नुभएको हो । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उहाँको भनाई छ ।

सोमबार पत्रकारसँगको कुराकानीमा उहाँले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता कार्यकर्ताले चाहाना राखे तयार हुने बताउनुभएको हो ।

‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उहाँले भन्नुभयो, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’ त्यसलाई हेरेर अघि बढ्नेछु ।

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले धारणा राख्नुभयो । उहाँले भन्नुभयो यसो हेर्दा अब भने अध्यक्षका लागि आफ्नो पालो आएको हो की भन्ने समेत देखिएको नेता पोखरेलको भनाई थियो ।

सम्बन्धित खबरहरु